
सुन्दरहरैंचा । स्वतन्त्र विद्यार्थी युनियनको आउँदो चैत ५ गते हुने चुनावमा सहभागी हुन सुन्दरहरैंचा स्थित सुकुना क्याम्पसमा सात विद्यार्थी संगठन दर्ता भएका छन्।


बुधबार सुकुना क्याम्पसमा निर्वाचनमा भाग लिन चाहने संगठन दर्ता भएका निर्वाचन अधिकृत सुकदेव लिम्बुले बताएका छन् । निर्वाचनमा भाग लिन एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, कांग्रेसनिकट नेपाल विद्यार्थी संघ, नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन, माओवादीनिकट अखिल (क्रान्तिकारी) र विप्लव नेतृत्वको नेकपानिकट अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) दर्ता भएका हुन्।

त्यस्तै मोहन वैध निकट अखिल (क्रान्तिकारी) र अखिल (क्रान्तिकारी) बहुमत विद्यार्थी संगठन दर्ता भएका हुन् । फागुन २६ गते निर्वाचन समितिले स्ववियु निर्वाचनका लागि प्रत्यक्ष र सामानुपातिक तर्फको मनोनयन पत्र वितरण गर्ने भएको छ ।









