
सुन्दरहरैँचा । सुन्दरहरैँचा नगरपालिकामा लामो समय पछी कर्मचारी हेरफेर भएको छ । स्थानिय तहको दोस्रो निर्वाचन पछी लामो समयमा कर्मचारी हेरफेर गरिएको हो ।


नगरपालिका स्रोतका अनुसार नगरको केन्द्रमा रहेर लामो समय काम गरेका कर्मचारीहरुलाई वडा मातहत लगिएको र वडामा काम गरिरहेका कर्मचारीहरु केहीलाई नगरको केन्द्रमा र केहीलाई विभिन्न वडामा तानिएको हो ।

नगरप्रमुख केदारप्रसाद गुरगाईले आफु निर्वाचित भएपश्चात अघिल्लो मेयरले राखेका करारका कर्मचारी हटाउने निर्णय गरेपछी विवादमा तानिएका थिए । तर हाल केन्द्रका कर्मचारीहरु हेरफेर गर्ने निर्णयले नगरप्रमुख गुरगाईको प्रशंसा भईरहेको छ ।









