
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैचा स्थित सलकपुरमा भएको दुर्घटनामा एकजना युवकको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग स्थित सलकपुरमा बुधबार राति अन्दाजी १ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।


पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको मोटरसाइकल र बिपरित दिशा तर्फ जाँदै गरेको स्कर्पियो एकापसमा ठक्कर खाँदा बेलबारी नगरपालिका वार्ड नं २ बस्ने अन्दाजी २४ वर्षिय रुपक घिमिरेको मृत्यु भएको हो ।

घिमिरेको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।









