कोशी प्रदेश

इटहरीमा कार र बाइक ठोक्किएर चार जना घाइते

इटहरी । इटहरी १७ बालग्राममा कार र बाइक ठोक्किएर चार जना घाइते भएका छन । चार जना घाइते मध्ये एकजना गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ ।

मंगलबार दिउसो बालग्राम स्थित पुर्ब पश्चिम लोकमार्गमा पुर्ब बाट पश्चिम तर्फ जादै गरेको बा १७ च ९१०५ नं. को कारमा बिपरित दिशाबाट आउदै गरेको प्र ३-००५ प ४६७७ नं. को मोटरसाइकल सग ठक्कर लागि सोही दिशाबाट आउँदै गरेको प्र १-०२-०४५ प ५०५६ नं. को मोटरसाइकलमा ठक्कर खादा बाइकमा सवार चार जना घाइते भएका हुन ।

सुनसरीका लिलम लिम्बू गम्भीर घाइते भएका छन् । मोटरसाइकलमा पछाडि सवार अर्का व्यक्ती लक्ष्य लिम्बूको विराट नर्सिङ अस्पताल विराटनगरमा उपचार भइरहेको रायले बताए । त्यस्तै अर्का मोटरसाइकलमा सवार दुई व्यक्ति चेतनाथ भट्टराई र कृष्ण ढकाल सामान्य घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *