
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा पुन: उद्धव थापाले दाबी प्रस्तुत गरेका छन् । मंगलबार थापाले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष बहुमतको दाबी प्रस्तुत गरेका हुन ।


गठबन्धनले सभामुख बाबुराम गौतमालाई राजिनामा गराएर सरकारको दाबी पेस गरेका हुन् । प्रदेश प्रमुखको कार्यालय पुगेर थापाले सत्ता गठबन्धनका तर्फबाट ४७ सांसदको समर्थनमा सरकारको दाबी पेस गरे ।

प्रदेश प्रमुख खापुङले आज ५ बजेसम्म सरकारको दाबी पेस गर्न आव्हान गरेका थिए । सोही आव्हान अनुसार थापाले दाबी पेस गरेका हुन् ।









