कोशी प्रदेश मुख्य समाचार राजनीति

कोशीको सभामुखमा विष्ट निर्विरोध निर्वाचित

विराटनगर । कोशी प्रदेशको सभामुखमा अम्बरबहादुर बिष्ट निर्विरोध निर्वाचित भएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले बिष्ट निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् ।

सभामुखका लागि बिष्टको मात्र उम्मेदवारी परेको थियो । सत्ता गठबन्धनले राप्रपालाई सभामुख दिने निर्णय गरेपछि एमालेले पनि बिष्टलाई समर्थन गरेको हो। राप्रपाले समानुपातिक सांसद बिष्टलाई सभामुख बनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *