
इटहरी । इटहरी स्थित पकलीमा मोटरसाइकल दुर्घटना हुँदा शुक्रबार राती एउटै मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भारतीय नम्बर रहेको डब्लु बी ७३ इ ९११७ को पिकअपसँग को २९ प ३७१२ नम्बरको मोटरसाइकल शुक्रबार राती ११ बजे ठोक्किएको हो ।


घाइते दुई जना इटहरी-१६ उब्दिका करण चौधरी र शम्भु चौधरीको राति नै निधन भएको प्रहरीले जनाएको छ भने अर्का युवाको बिएण्सी अस्पताल बिर्तामोडमा बिहान ६ बजे मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते इटहरी १७ का २७ वर्षीय प्रेमलाल चौधरीको उपचार भइरहेको प्रहरीको भनाइ छ ।

पिकअप सहित चालक भारत दार्जिलिङका गोविन्द वरमुनलाई इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा छन् ।









