राजनीति

डरलाई त्यागेर घण्टी रोजौ: लामिछाने

बेलबारी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले हरेक युवाहरुले डरलाई त्यागेर घण्टी रोज्नुपर्ने बेला आएको बताएका छन । मोरङको बेलबारी नगरपालिकामा शनिबार भएको बेलबारी नगर भेलालाई सम्बोधन गर्ने क्रममा सभापति लामिछानेले हरेक युवाले अब घण्टी रोज्नुपर्ने बेला आएको बताएका हुन ।

उनले राजनीतिबाट देश परिवर्तन गर्न सकिने रहेछ भन्ने आशा युवा पुस्तामा पलाउदै गएको पनि उल्लेख गरे । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले सांसद भवनमा बोलेको कुरा र राष्ट्रिय स्वतन्त्र पार्टीको हरेक क्रियाकलापले राजनीतिमा युवा पुस्ताको लहर चल्दै गरेको उल्लेख गरे ।

सभापति लामिछानेले अहिले हरेक राजनीतिक दलमा आबद्द भएका व्यक्तिहरुलाई कती खेर घण्टी बजाऔ भन्ने लागेको छ तर उहाहरुमा अझै मलाई पार्टीले के भन्छ कार्वाही गर्छ कि गर्दैन भन्ने डर रहेको छ । उनले त्यस्ता व्यक्तीहरुलाई नडराई घण्टीमा सहज तरिकाले आउन समेत आग्रह गरे ।

उनले हामीले हरेक व्यवस्था हेर्यौ अब हेर्न बाकी केही नरहेको बताउदै विना उधोग, विना व्यापार र विना जागिर अलिशान जिन्दगी बाचेकाहरुको अब हिसाब निकाल्नुपर्ने बेला आएको छ । र त्यसका लगी घण्टी बजाउनुपर्ने बेला आएको भन्दै सबैले घण्टी रोज्न समेत उनले आग्रह गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *