कोशी प्रदेश मुख्य समाचार

बसको ठक्करबाट सुन्दरहरैंचाका एकजनाको मृत्यु

सुन्दरहरैंचा ।  मोरङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत  मोरङको पथरीशनिश्चरे १ बजारमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

आइतबार बिहान ११ बजेतिर पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १-०१-००१ ख ४१६३ नम्बरको बसले पूर्वबाट पश्चिम जाँदै गरेको प्रदेश १-०२-०५५ प ७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मोरङको सुन्दरहरैँचा ६ का २४ वर्षीय रमेश खड्काको मृत्यु भएको हो ।

खड्कालाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याएलगत्तै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *