
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ८ स्थित सलकपुरमा मोटरसाइकलको ठक्करबात एक साइकल यात्री महिला घाइते भएकी छिन् ।


सुन्दरहरैंचा नगरपालिका २ बस्ने वर्ष ३५ कि सरिता चौधरी घाइते भएको प्रहरीले जनाएको छ । पश्चिमबाट पुर्व आउदै गरेको मे ११ प ७४६१ नम्बरको मोटरसाइकलले विपरित दिशा तर्फ जादै गरेको साइकललाई बिहिबारी राती ७:३० बजे तिर ठक्कर दिएको थियो ।

प्रहरीले मोटरसाइकल चालक पथरीशनिश्चरे नगरपालिका ६ बस्ने सुक्रराज लिम्बुलाई नियन्त्रणमा लिएको छ । घाइते चौधरीलाई विराटचौक स्थित सुकुना सामुदायिक हस्पिटलमा सामान्य उपचार पश्चात् विराटनगर स्थित नोबेल अस्पताल लगिएको छ ।









