कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचाबाट तास खेल्दै गरेका ६ जना पक्राउ

सुन्दरहरैंचा । मोरङकाे सुन्दरहरैंचा नगरपालिकाबाट तास खेल्दै गरेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले शुक्रबार राती उनिहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले शुक्रबार राती सुन्दरहरैंचा नगरपालिका १० विराटचौकस्थित सुशीलकुमार काफ्लेको घरमा छापा हान्दा ६ जनालाई तास खेल्दै गरेको अवस्थामा पक्राउ गरेको हो । प्रहरीले उनिहरुको साथबाट १ लाख ५१ हजार रुपैया समेत बरामद गरेको छ ।

प्रहरीले उक्र स्थानबाट ३ बुक ताससहित ३७ वर्षीय काफ्ले, ३० वर्षीय सुमन ढकाल, ३४ वर्षीय कृष्णबहादुर कार्की, ३७ वर्षीय भीम कार्की र ४८ वर्षीय सरोज न्यौपाने र केराबारी गाँउपालिकाका ३८ वर्षीय गोविन्द बस्नेतलाई प्रक्राउ गरेको हो । पक्राउ परेका ६ जनालाई इलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *