कोशी प्रदेश समाचार

सेउती पुलमा गोली हानी युवकको हत्या

इटहरी । इटहरी–धरान सडकखण्डस्थित कोसी राजमार्गमा पर्ने चारकोसे जंगलको सेउती पुलमा गोली हानेर एक युवकको हत्या भएको छ । धरानबाट इटहरीतर्फ आउँदै गरेको र केही समय जंगल साइटमै बसिरहेका युवा–युवतीमध्ये युवक माथि गोली प्रहार भएको हो ।

गोली प्रहारबाट विराटनगर घर भएका २८ वर्षीय रोहित चौधरीको मृत्‍यु भएको छ । गम्भीर घाइते भएका चौधरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्‍यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *