कोशी प्रदेश मुख्य समाचार

पत्रकार बाबुराम निरौला सम्मानित

सुन्दरहरैँचा । नेपाल पत्रकार महासंघ मोरङ्गका सदस्य बाबुराम निरौला सम्मानित भएका छन् । मङ्गलबार मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. ८ सलकपुरमा रहेको क्वेस्ट माध्यमिक विद्यालयको १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा पत्रकार निरौला नगद तथा सम्मान–पत्रले सम्मानित भएका हुन् । 

वार्षिकोत्सव कार्यक्रममा जेष्ठ नागरिक आमा पवित्रा देवी ढकाललाई समेत सम्मान गरिएको छ ।

कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन, सन्देशमुलक नाटक लगायत विभिन्न मनोरञ्जनात्मक कृयाकलापहरु प्रदर्शन गरेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *