मुख्य समाचार विजनेश

नेपालिरिका होटल : “कुनै पनि कर्मचारी बेरोजगार बन्ने छैनन्”

सुन्दरहरैंचा । भदौ २४ गतेको घटनापछि संरचनागत रूपमा ठूलो क्षति व्यहोरेको नेपालिरिका होटलले आफ्नो कर्मचारीलाई सुरक्षित रोजगारी दिने घोषणा गरेको छ। होटल व्यवस्थापनले स्पष्ट पारे अनुसार कुनै पनि कर्मचारीलाई जागिर गुमाउनु पर्ने स्थिति आउने छैन।

व्यवस्थापनले सम्पूर्ण कर्मचारीलाई नियमित तलब तथा यस वर्षको दशैं बोनससमेत उपलब्ध गराउने जनाएको छ। साथै, सोही दिन पाहुनाहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न ज्यान जोखिममा राखी सहयोग गर्ने तथा सुरक्षाको जिम्मेवारी निर्वाह गर्ने कर्मचारीलाई विशेष पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ।

नेपालिरिका होटलका अध्यक्ष भोलेश्वर दुलालले संकटका क्षणमा कर्मचारीले देखाएको साहस, समर्पण र कर्तव्यनिष्ठाप्रति कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि कर्मचारीको हित र सुरक्षालाई कम्पनीले सधैं उच्च प्राथमिकतामा राख्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *