
सुन्दरहरैंचा । मोरङ क्षेत्र नं ३ का प्रतिनिधि सभा सांसद सुनिल कुमार शर्मा पौष २१ गते देखि एकाएक कोशी प्रदेशको राजनीतिक भेटघाटमा सक्रिय बनेका छन् । शर्माको पछिल्लो समयको राजनितिक दौडको विषयलाई धेरैले विभिन्न खालका टिकाटिप्पणीहरु गरिरहेका छन ।


कोशी प्रदेशको विभिन्न पहाडी जिल्लामा शर्माले अफ्नो राजनितिक भेटघाटलाई बाक्लो बनाउदै गएका हुन । शर्माले कोशी प्रदेशको धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुम, पाँचथर, ताप्लेजुङ, इलामका जिल्लाहरुमा आफ्नो राजनितिक भेटलाई सक्रिय बनाएका हुन ।


शर्माको उक्त राजनितिक भेटलाई पहाडी जिल्लाका जिल्ला सभापतिहरुले साथ दिइरहेका छन । विभिन्न जिल्ला कमिटिहरुले शर्माको उक्त राजनितिक दौडलाई एक विशेष कार्यक्रम आयोजना गरि कार्यक्रम गर्दै आइरहेका छन ।
शर्माको यो राजनितिक दौडलाई काङ्ग्रेस भित्र परिवर्तनको लहर चलेको भन्दा फरक पर्दैन । काङ्ग्रेस भित्र पछिल्लो समय पुस्ता हस्तान्तरणको विषय उठ्दै आएको छ । शर्मा पनि यसैको एक उदाहरण हुन । भ्रष्टाचार र गलत कामको विरुद्ध आफ्नै पार्टीका मन्त्रीहरु विरुद्ध खरो रुपमा उत्रिने सांसदको भेषमा शर्मालाई चिनिन्छ ।
शर्माको प्रदेश दौडलाई धेरैले शर्मा अब नेपाली काङ्ग्रेस कोशी प्रदेशको सभापतीमा उठ्ने आंकलन गरेका छन । तर शर्मा स्वयमले भन्दै आइरहेका छन म प्रदेश सभापतिमा उठ्दिन । शर्माले कोशी प्रदेशको राजनितिक दौड सकेर अन्य सातै प्रदेशमा भेटघाटको कार्यक्रम आयोजना गरिने बताए । ‘म कोशी प्रदेश मात्र हैन सातै प्रदेशको राजनितीक यात्रामा निस्किएको हो’, शर्मा भन्छन ।

पार्टी भन्दा माथि उठेर आवाज बुलन्द गर्दै आएका मोरङका सांसद शर्मालाई पहाडी जिल्लामा भव्य स्वागत गर्दै आएका छन । शर्माको राजनितिक भेटघाट कार्यक्रममा उल्लेख्य रुपमा जनसहभागिता रहदै आएको छ। सांसद शर्माको फोटोसहितको ब्यानर राखेर पहाडी जिल्लामा रहेका जिल्ला कमिटिहरुले कार्यक्रम आयोजना गर्दै आएका छन । पछिल्लो समय नेपाली राजनितिमा शर्माको प्रभाव बढ्दै गएको छ ।










