कोशी प्रदेश मुख्य समाचार

बेलबारी इन्सपेक्टर तेज दाहालको सरुवा

सुन्दरहरैंचा । ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक तेजबहादुर दाहालको सरुवा भएको छ । दाहालको नेपाल प्रहरी प्रधान कार्यालय विशेष ब्युरो उपत्यका सेक्टरमा सरुवा भएको हो ।

बेलबारीमा दाहालको स्थानमा प्रहरी निरिक्षक कृष्णबहादुर खत्री आउने भएका छन । खत्री गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराबाट ईलाका प्रहरी कार्यालय बेलबारी आउन लागेका हुन ।

नेपाल प्रहरी प्रधान कार्यालयले ५८७ जना प्रहरी निरिक्षकहरुको सोमबार सरुवा दरबन्दी पत्र सार्वजनिक गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *