कोशी प्रदेश मुख्य समाचार

म जिउँदै छु : मेयर केदार गुरागाई

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाईले जेनजी समूहको आन्दोलनमा अराजक तत्त्वहरुले सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड गरेको बताएका छन्।

शनिबार सुन्दरहरैंचा उद्योग वाणिज्य संघले आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मेयर गुरागाईले आफ्नो घरमा समेत तोडफोड भए पनि व्यक्तिगत क्षतिभन्दा राष्ट्रका सम्पत्तिहरु नष्ट भएकोमा आफूलाई दुःख लागेको बताए।

उनले भने, “मेरो घर तोडफोड हुँदा मलाई केही भएको छैन, तर राष्ट्रका सम्पत्तिहरु नष्ट भए जुन हुनुहुदैन थियो ।”

मेयर गुरागाईले आफू जिउँदै रहेको र हरेश नखाएको भन्दै अन्यलाई पनि हरेश नखान आग्रह गरे।

यसअघि जेनजी समूहको आन्दोलनका क्रममा सुन्दरहरैंचामा मेयर गुरागाई, पूर्व मेयर शिवप्रसाद ढकालको घर र उद्योगपति भोलेश्वर दुलालको नेपालिरिका होटलमा तोडफोड भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *