
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते भएका छन । पुर्वपश्चिम लोकमार्ग स्थित वडा नं १० मा रहेको खोर्साने पुलमा पश्चिमबाट पुर्वतर्फ जादै गरेको प्र १-०२-०४३ प ६६४८ नं को मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते भएको प्रहरीले जनाएको छ ।


आफै अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सोही वडा बस्ने वर्ष ४० को कविन्द्र श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ । घाइते चालकलाई उपचारको लागि सुकुना सामुदायिक अस्पताल विराटचोक पठाइएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल तिव्र गतिका कारण आफै अनियन्त्रित भएको प्रहरीले जनाएको छ ।









