
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाले शिक्षा ऎन विपरित शिक्षकहरुको सरुवा गरेको भन्दै नेपाल शिक्षक संघ मोरङले असन्तुष्ट जनाएको छ ।


मंगलबार एक विज्ञप्ति जारी गर्दै शिक्षक संघले असन्तुष्ट जनाएको हो । संघले ऐन विपरीत भएको सरुवाको विरोध गर्दै सरुवा बदरको माग गरेको छ । कामकाजका लागि शिक्षकहरूलाई नियतवश रूपमा एक विद्यालय बाट अर्को विद्यालयमा पदस्थापन गर्ने गराउने र जबरजस्ती कामकाजमा खटाएको भन्दै शिक्षक संघ मोरङको असन्तुष्ट जनाएको हो ।

संघका मोरङ अध्यक्ष विनोद कुमार यादवले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएकी छ :” सामुदायिक विधालयहरुको दरवन्दी मिलानका सन्दर्भमा सुन्दरहरैंचा नगरपालिका मोरङले मौजुदा शिक्षा ऎन २०२८, शिक्षा नियमावली २०५९, दरवन्दी मिलान तथा व्यवस्तापन कार्यविधी २०७६ लगायतका प्रावधान विपरित विषयगत रुपमा कुनै विधालयमा आवश्यक शिक्षकको अर्को विधालयमा औचित्य पुष्टि नहुने गरि सरुवा गरेको, दरवन्दी थप हुने मापदण्ड पूरा भएका विधालयहरुबाट दरवन्दी घटाएको, निहित स्वार्थ सिद्धी गर्ने कुत्सित मनसाय राखी सम्बन्धित शिक्षको निवेदन र विधालयको सहमगी रहनुपर्ने न्युनतम व्यवस्थाको समेत वेवस्ता गर्दै अपमानजनक ढंगबाट गरिएको शिक्ष सरुवाको नेपाल शिक्षक स,घ मोरङ घोर भर्त्सना गर्दछ ।”
संघले नगरपालिकाले गरेको निर्णय तत्काल फिर्ता लिन आग्रह गर्दै जबर्जस्त शिक्षक सरुवा गरे आन्दोलन गर्ने समेत विज्ञप्तिमा उल्लेख गरेको छ ।









