कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचा नगरपालिकको भवन जलेपछी ढोकाबाट सेवा सुरु

सुन्दरहरैंचा । जेनजी आन्दोलनका क्रममा मोरङको सुन्दरहरैंचा नगरपालिकाको भवनमा तोडफोड र आगजनी भएको छ। भवन क्षतिग्रस्त भएपछि नगर प्रशासनले वैकल्पिक उपायमार्फत सेवा दिन थालेको छ।

बिहीबारदेखि प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने स्वयं कार्यालयको मुख्य प्रवेशद्वारमै बसेर सेवाग्राहीलाई आवश्यक कामकाज गराइरहेका छन्। भवनभित्रका कोठा प्रयोगयोग्य नभएपछि ढोकाबाटै सेवा दिने व्यवस्था गरिएको हो।

नगरपालिकाले जनताको दैनिक प्रशासनिक काम प्रभावित नहोस् भन्ने उद्देश्यले ‘भवन भत्किए पनि सेवा निरन्तर दिने’ निर्णय गरेको जनाएको छ। तत्कालका लागि ढोकाबाट सेवा दिइए पनि परिस्थितिअनुसार अन्य वैकल्पिक व्यवस्थाबारे छलफल भइरहेको नगर प्रशासनले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *