
काठमाण्डौं। काठमाण्डौंमा जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाईते एकजनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।


सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीले सञ्चारमाध्यमलाई जानकारी दिए अनुसार घाइतेमध्येका एक जनाको मृत्यु भएको छ भने ७०–८० जना घाइते उपचाररत छन् । उनको परिचय खुल्न बाँकी छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।










