मुख्य समाचार स्वास्थ्य

विराटचोकमा फिजियोथेरापीको सेवा

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा फिजियोथेरापी सेन्टर सञ्चालनमा आएको छ । वडा नं १० स्थित विराटचौकमा विराट फिजियोथेरापी सेन्टर सञ्चालनमा आएको हो ।

आइतबार सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले उक्त सेन्टरको उद्घाटन गरेका छन । उक्त सेन्टरबाट आधुनिक मेसिनद्वारा विशेषज्ञ फिजियोथेरापीष्टबाट अर्थोपेडिक फिजियोथेरापी, न्युरो फिजियोथेरापीको सेवा दैनिक रुपमा उपलब्ध हुने छ ।

अरनिको अस्पताल उर्लाबारी, पथरी नगर अस्पताल र इटहरीमा रहेको अन्नपूर्ण फिजियोथेरापी सेन्टरको सफल उपचार पछि विराटचोकमा अर्को शाखा बिस्तार गरी गुणस्तरिय सेवा दिन लागिएको साथै आफुले पनि सेवा दिने सेन्टरका सञ्चालक उपेन्द्र घिमिरेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *