कोशी प्रदेश मुख्य समाचार

जेनजीको प्रदर्शन : दमकमा गोली चल्यो

दमक। सामाजिक सञ्जाल बन्द गरेको विरोधमा जेनजी पुस्ताले दमकमा समेत विरोध प्रदर्शन गरेका छन्। जेन–जी प्रदर्शनका कारण अहिले दमक तनावग्रस्त बनेको छ ।

आज बिहान ११ बजे दमकस्थित आकाशे पुलबाट सुरु भएको जेन–जी प्रदर्शन दमक नगरपालिका कार्यालय पुगेको थियो । प्रदर्शनकै क्रममा प्रहरीले लाठीचार्ज गरेको थियो ।

झापाको विर्तामोड र दमकमा यतिबेला जेनजी प्रदर्शन जारी छ । जेन–जीले प्रधानमन्त्रीकै गृहक्षेत्रमा प्रधानमन्त्रीविरुद्ध ओलीका विरुद्ध नारा लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *