
विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउन नदिन सविधानमा कुनै बन्देज नरहेको बताएका छन्। विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

शनिबार विराटनगर विमानस्थलमा संचारकर्मीहरु सग कुरा गर्दै देउवाले वर्तमान सरकारले निरन्तरता पाउने बताएका छन्।

उनले तत्काल सरकारका मन्त्रीहरू हेरफेर नहुने स्पष्ट पारे । देउवा सुनसरीको एक कार्यक्रमलाई सम्बोधन गर्न शनिबार विराटनगर आएका हुन्।
प्रतिकृया दिनुहोस्