कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचा नगरपालिकाद्वारा १० करोड बढी राजस्व संकलन

विराटचौक । सुन्दरहरैंचा नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु १० करोड ११ लाख ४८ हजार ८ सय २१ रकम राजस्व सङ्कलन गरेको छ ।  नगरपालिकाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु १ करोड ७७ लाख ८९ हजार ५ सय ९१ रकम बढी राजस्व सङ्कलन गरेकोे हो ।

गत आवको १० महिनामा सुन्दरहरैंचा नगरपालिकाले रु ८ करोड ३३ लाख ५९ हजार २ सय ३० रकम राजस्व सङ्कलन गरेको थियो ।  नगरपालिकाका राजश्व शाखा प्रमुख  राजन रेग्मीले वैशाख सम्ममा  ७६ प्रतिशत राजश्व संकलन भइसकेको बताए । उनले चालु आवमा  रु १५ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको बताए ।

सुन्दरहरैंचा नगरपालिकाले विभिन्न २३ शीर्षकमा राजस्व सङ्कलन गर्दै आन्तरिक आय गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *