
विराटनगर । अनेरास्ववियु कोशी प्रदेशको अध्यक्षमा तिनजना आकांक्षी देखिएका छन । मोरङबाट दुईजना र सुनसरीबाट एकजना अध्यक्ष बन्ने दौडमा छन । अनेरास्ववियु कोशी प्रदेशको अधिवेशन भदौ १५-१६ गते विराटनगरमा हुँदैछ ।


अध्यक्ष बन्ने दौडमा मोरङबाट गोकर्ण घिमिरे, सन्तोष घिमिरे सुनसरीबाट जिबी गजल रहेका छन । तिनै जना अनेरास्ववियुको जिल्ला अध्यक्ष हुन । दुई घिमिरे अनेरास्ववियु मोरङका जिल्ला अध्यक्ष भईसकेका हुन भने जिबी गजल अनेरास्ववियु सुनसरीका जिल्ला अध्यक्ष भईसकेका हुन।

अनेरास्ववियुले अधिवेशनको तयारीलाई तीव्र बनाएको छ । अधिवेशन सम्पन्न गर्नका लागि गोकर्ण घिमिरेको संयोजकत्वमा मूल आयोजक कमिटी बनेको छ भने आठ वटा उपसमिति गठन भएका छन् ।









