मुख्य समाचार समाचार

कोशीका योजनामन्त्री चढेको गाडीले बालिकालाई ठक्कर दियो

काठमाडौं । नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनमा सहभागी हुने क्रममा कोशी प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री राम राना चढेको गाडीले बालिकालाई ठक्कर दिएको छ ।

दोस्रो दिनको बन्दशत्रमा सहभागी हुन जाने क्रममा मन्त्री चढेको गाडीले हरिसिद्धि घुम्तीमा ११ वर्षीय बालिकालाई ठक्कर दिएको हो ।

गाडीले बालिकालाई ठक्कर दिएपछि स्थानीयवासीले केही समय सडक अवरुद्ध गरेका थिए । स्थानीयका अनुसार बालिकालाई ठक्कर दिएर मन्त्री चढेको गाडी नरोकी सरासर हिँडेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *