
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ९ स्थित बुधबारे बजारस्थित पूर्व–पश्चिम राजमार्गमा स्कुटी र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना युवती घाइते भएका छन्।


दुर्घटना प्र.१–०२–०५२प २९०८ नम्बरको (१२५ सिसी) स्कुटी र बा ६ प ११७ नम्बरको मोटरसाइकलबीच भएको हो। स्कुटी विराटचोकबाट सलकपुरतर्फ जाँदै गरेको अवस्थामा पछाडिबाट आएको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा स्कुटी चालक २२ वर्षीया प्रभा आचार्यको बायाँ खुट्टामा चोट लागेको छ भने पछाडि सवार २१ वर्षीया श्रेया सुवेदीको निधार र टाउकोमा सामान्य चोट लागेको छ।
दुबै घाइतेलाई तत्काल उपचारका लागि सुकुना सामुदायिक अस्पताल, विराटचोक पठाइएको छ। ठक्कर दिने मोटरसाइकल र त्यसका चालक दुर्घटनापछि फरार रहेकोले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।









