
विराटनगर । लागूऔषध नियन्त्रण ब्युरो, विराटनगरले लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्ति मोरङको सुन्दरहरैचा नगरपालिका–३ निवासी २० वर्षीय दिवश तामाङ हुन्।


ब्युरोको टोलीले उनीलाई विराटनगर महानगरपालिका–१६ बाट नियन्त्रणमा लिएको हो। तामाङको साथबाट १ ग्राम ७१ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ।

प्रहरीका अनुसार तामाङलाई विशेष सूचनाको आधारमा निगरानीपछि पक्राउ गरिएको हो। उनलाई लागूऔषधसम्बन्धी कसूरमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।









