कोशी प्रदेश मुख्य समाचार

नाबालिका हत्या: आमाद्वारा हत्या गरेको स्विकार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा घारी भित्र मृत अवस्थामा फेला परेका दुईजना नाबालिकाहरुको हत्या आफ्नै आमाले गरेको स्वीकार गरेकी छिन्।

निर्माणाधीन घरमा पानी लगाउने विषयमा पति पत्नी विवाद भएको थियो । विवादपछि २ जना नाबालिका छोरीलाई लिएर अस्मिता बेपत्ता भएकी थिइन् । अस्मिताले प्रहारी  बयानमा भनिन्  `मैले सुरुमा विष पिएँ । मलाई छाती पोल्न थाल्यो । म मरे भने छोरीहरू जङ्गलमै हुने भए बरु मसँगै लैजान्छु भनेर उनीहरूलाई पनि विष खुवाएँ  ।

अस्मितालाई प्रहरीले बुधबार बिहान झापाबाट अस्वस्थ अवस्थामा पक्राउ गर्न सफल भएको थियो । उनलाई आजै प्रहरीले सार्वजनिक गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *