मुख्य समाचार शिक्षा

सुन्दरहरैंचामा  सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता

सुन्दरहरैंचा । मोरङ्को सुन्दरहरैंचा नगरपालिकामा पहिलोपटक सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग कार्यसम्पादन सम्झौता गरिएको छ।

नगरपालिका अन्तर्गतका विद्यालयहरूमा पठनपाठन, व्यवस्थापन र शैक्षिक क्रियाकलापलाई अझ प्रभावकारी बनाउन शिक्षा, युवा तथा खेलकुद उपशाखा र विद्यालयका प्रधानाध्यापकहरूबीच ३९ वटा बुँदामा आधारित कार्यसम्पादन सम्झौता गरिएको हो।

सम्झौताले विद्यालयस्तरमा दैनिक कार्य सञ्चालनलाई थप सहज बनाउने र शिक्षण–सिकाइ प्रक्रियालाई व्यवस्थित तथा नतिमामुखी बनाउने नगर शिक्षा उपहाखाले जनाएको छ ।

शिक्षा, युवा तथा खेलकुद उपशाखाले यस सम्झौतालाई “सुरुआती अभ्यास” का रूपमा लिएको उल्लेख गर्दै आगामी शैक्षिक सत्रहरूमा आवश्यकता अनुसार बुँदाहरू संशोधन, परिमार्जन तथा थपघट गरिने जनाएको छ ।

प्रतिकृया दिनुहोस्