कोशी प्रदेश मुख्य समाचार

सलकपुर खानेपानी: अध्यक्षमा तीन जनाको उम्मेदवारी

सुन्दरहरैंचा । सलकपुर खानेपानी उपभोक्ता संस्थाको नयाँ कार्यसमिति चयनका लागि जेठ २४ गते हुने निर्वाचनमा अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दिएका छन्। प्रमुख तीन राजनीतिक धारबाट आएका उम्मेदवारहरूले प्रतिस्पर्धालाई रोचक बनाएका छन्।

अध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट श्यामप्रसाद ढकाल, नेकपा एमालेबाट रामप्रसाद लुइँटेल र नेकपा माओवादी केन्द्रबाट रामकुमार तामाङले उम्मेदवारी दर्ता गराएका छन्।

उपाध्यक्ष पदमा प्रेमबहादुर भट्टराई, दीपक गुरुङ, डम्बरबहादुर न्यौपाने, नगेन्द्रप्रसाद अधिकारी (निलम) र द्रोणबहादुर सिवा प्रतिस्पर्धामा छन्। सचिव पदका लागि घनिन्द्र न्यौपाने, रामकृष्ण खड्का, सुरेश दाहाल र उद्दवप्रसाद अधिकारीले उम्मेदवारी दिएका छन्।

सहसचिव पदमा चिरञ्जीवी सुवेदी (सुनिल), दिननाथ अधिकारी (दिपेश) र ज्ञानबहादुर सुवेदीको उम्मेदवारी परेको छ। कोषाध्यक्षका लागि सावित्रा पोखरेल, इन्द्रबहादुर चापागाईं, गंगाबहादुर अधिकारी र पृथ्वीमान नेपाली मैदानमा छन्।

सदस्य पदका लागि लिलाप्रसाद दाहाल, पुष्पराज काफ्ले, दुर्गाप्रसाद चौलागाईं, देवेन्द्र भट्टराई, राजेन्द्रप्रसाद ढकाल, सिलास उराव, मकबुल मिया, राजु बरुवाल, ज्ञानबहादुर खड्का, रोशन कार्की, रेवतबहादुर रायमाझी र बद्रीप्रसाद ढकाल लगायतको उम्मेदवारी परेको छ।

महिला सदस्य पदमा सुनिता घिमिरे, भानुदेवी पाण्डे, कविता लुइँटेल राई, बबिता कार्की, तिलमाया अधिकारी र लक्ष्मी भण्डारी प्रतिस्पर्धामा छन्।

त्यस्तै, लेखा संयोजकमा डेगीन्द्रप्रसाद सुवेदी, कमलप्रसाद गुरागाईं, तिलकुमार नेपाल र सरोज भट्टराई तथा लेखा सदस्य पदमा लक्ष्मीप्रसाद अधिकारी, विष्णु प्रसाईं, कपिल पोखरेल, मदिरा थापा र गहनु चौधरी उम्मेदवार बनेका छन्।

खानेपानी संस्थाको चुनावमा उपाध्यक्ष पदका लागि कांग्रेसबाट उम्मेदवार बनेका प्रेमबहादुर भट्टराईले पूर्ण प्यानलसहित उम्मेदवारी दिएका छन्। उनका प्यानलका सबै पदमा उम्मेदवार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *