
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १२ मा रहेको सुकुना बहुमुखी क्याम्पसमा पुर्व विधार्थी समाज गठन भएको छ । शुक्रबार क्याम्पसको सभाहलमा भएको भेलाले १३ सदस्यीय “पूर्वविद्यार्थी समाज” पुनर्गठन गरेको हो ।


समाजको अध्यक्षमा नारायण सुवेदी, उपाध्यक्षमा भवानी पोखरेल, सचिवमा अर्जुन गजुरेल, सहसचिवमा लावन्यकुमार अधिकारी, कोषाध्यक्षमा प्राञ्जली ढकाल सर्वसम्मत चयन भएका छन । त्यस्तै भेलाले समाजको सदस्यमा खेमराज दाहाल, लोकप्रकाश भट्टराई, भक्तिप्रसाद रेग्मी, भोला खतिवडा, गोविन्द श्रेष्ठ, भक्त खड्का, अनिल कार्की र पुष्कर चापागाईँ चयन गरेको छ ।

त्यसै गरि उक्त भेलाले ७ सदस्यीय पूर्व स्ववियु पदाधिकारी क्लव समेत गठन गरेको छ । क्लबको संयोजकमा यज्ञराज सुवेदी र सदस्यहरुमा भूपाल बस्नेत, शङ्कर बजगाईँ, राजेन्द्र खवास, लिलाप्रसाद आचार्य, सीताराम न्यौपाने र ऋषिराज रेग्मी चयन भएका छन ।









