कोशी प्रदेश समाचार

ब्राउन सगुर सहित एक जना पक्राउ

विराटनगर । मोरङको बिराटनगर महानगरपालिका वडा नं.१५ स्थित एक नम्बर ढाटबाट लागुऔषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा जिल्ला सप्तरी औरही गाऊपालिका वडा नं. ५ बस्ने २१ बर्षीय नितिश कुमार यादव रहेका छन् । भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका यादबलाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले हिजो बेलुका पौने ६ बजे लागुऔषध ब्राउन सुगर १ ग्राम ०२ मिलिग्राम सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *