
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैचा–१० स्थित त्रिवेणी चोकमा रहेको हिमालय इङ्लिस स्कुलमा दीक्षान्त तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। सुन्दरहरैचा वडा नं. १२ का अध्यक्ष तथा नगर प्रवक्ता रोशनप्रसाद ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो।

समारोहमा विभिन्न कक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई प्रमुख अतिथिबाट दीक्षित गरिएको स्कुलका प्रिन्सिपल कमल खनालले जानकारी दिए । कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुतिहरू पनि प्रस्तुत गरेका थिए।

पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिँदै आएको यस विद्यालयले छोटो समयमा उल्लेखनीय प्रगति गर्न सफल भएकाे छ ।
प्रतिकृया दिनुहोस्