खेल मुख्य समाचार

सुन्दरहरैंचामा तेस्रो मेयर कप फुटबल प्रतियोगिता भोलिदेखि

सुन्दरहरैंचा । सुन्दरहरैंचामा तेस्रो मेयर कप फुटबल प्रतियोगिता भोलिदेखि सुरु हुने भएको छ। नगर खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिता वैशाख ६ गतेदेखि १३ गतेसम्म सञ्चालन हुनेछ।

समितिका अध्यक्ष खड्ग श्रेष्ठका अनुसार प्रतियोगिता सुन्दरहरैंचाको पचाम खेल मैदानमा आयोजना हुनेछ भने प्रतियोगितामा मोरङ र सुनसरीका विभिन्न पालिकाबाट ८ वटा फुटबल टोलीहरूको सहभागिता रहनेछन ।

प्रतियोगितामा सहभागी टिमहरूमा इटहरी उपमहानगरपालिका, लेटाङ नगरपालिका, पथरीशनिश्चरे नगरपालिका, केराबारी गाउँपालिका, सुन्दरहरैंचा नगरपालिका, कानेपोखरी गाउँपालिका, बेलबारी नगरपालिका र दुहबी नगरपालिका रहेको छ ।

खेलकुदको माध्यमबाट नगरको पहिचान थप उजागर गर्नुका साथै स्थानीय युवाहरूमाझ सकारात्मक ऊर्जा प्रवाह गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस्