कोशी प्रदेश मुख्य समाचार

विराटचौकको अस्तव्यस्त सडकले जनजीवन कष्टकर

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका अन्तर्गतको मुख्य व्यापारिक केन्द्र विराटचौक बजार यतिबेला सडक अव्यवस्थाका कारण अस्तव्यस्त बनेको छ। घिनाघाट–विराटनगर सडकखण्डमा पर्ने उक्त बजार क्षेत्रको करिब ५०० मिटर सडक कालोपत्रे गर्ने कार्य ढिलाइ हुँदा स्थानीयवासी र व्यवसायीहरू हैरान भएका छन्।

निर्माण कार्य लामो समयदेखि अधुरो रहँदा सडकमा बाक्लो धुलो उड्ने समस्या देखिएको छ। अत्यधिक धुलोका कारण आसपासका पसल, व्यवसाय तथा सर्वसाधारणको दैनिक जीवन प्रभावित भएको छ। ग्राहकहरूको आवतजावत कम हुनुका साथै व्यापारमा समेत मन्दी आएको व्यापारीहरू बताउँछन्।

धुलो र अव्यवस्थाबाट हैरान स्थानीय बासिन्दाले सडक किनारमा ढाट राखेर असन्तुष्टि व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *