
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं २ स्थित एक घरमा आगलागी भएको छ । सुन्दरहरैंचाको गोठगांउ देखी करिब ३ किमि दक्षिण दिपबहादुर खुलालको घरमा आज राती आगलागी भएको हो ।


आगलागीबाट खुलालको घरमा बधेर राखिएको पशु चौपाय, खाधान्न तथा लत्ताकपडा सहित क्षती भएको छ । आगलागी पश्चात सुन्दरहरैंचा रेडक्रस साेसाईटिले राहत सामग्रि बितरण गरेकाे छ । करिब २० हजार रकम बराबरको विभिन्न सामाग्री वितरण गरेको रेडक्रस सोसाइटी सुन्दरहरैंचाका सचिव बाबुराम निरौलाले बताए ।










