कोशी प्रदेश मुख्य समाचार

केराबारीमा विद्यालय हिँडेका बालकलाई खोलाले बगायो

केराबारी ।  माेरङकाे केराबारी गाउँपालिकामा विद्यालय जाँदै गरेका एक जना बालकलाई खोलाले बगाएको छ । बालकलाई खोलाले बगाउँदा उनको ज्यान गएकाे छ ।

वडा नं ४ याङ्सिलाका चित्रबहादुर राईका छोरा ११ वर्षीय श्याम राईलाई स्कुल जाने क्रममा गोविने खोलाले बगाएको हो । उनी कक्षा ६ मा अध्ययनरत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *