कोशी प्रदेश

चट्याङ लागेर झापामा एकजनाको मृत्यु

झापा ।   झापाको कमल गाउँपालिका २ समईगढमा आज चट्याङ लागेर एकजनाकाृ मृत्यु भएको छ। 

खेतमा ट्याक्टरले जोत्ने क्रममा खेतमा उभिइ रहेको अवस्थामा चट्याङले लागेर स्थानीय ४६ वर्षीय राजन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

खड्कालाई बिहान ७ बजे चट्याङले लागेर घाइते भएका थिए। उनलाई उपचारका लागि आम्दा अस्पताल दमक पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *