
सुन्दरहरैंचा । आसन्न नेपाली काङ्ग्रेसको १५ औं महाधिवेशन नजिकिँदै गर्दा मोरङ जिल्ला उपसभापतिको दौडमा रोहित कार्कीले बलियो दाबी प्रस्तुत गरेका छन्। संगठनभित्रको लामो अनुभव, सक्रियता र जनसम्पर्कको बलमा कार्कीको उम्मेदवारीलाई पार्टीभित्र गम्भीररूपमा हेरिएको छ।


कार्की अहिले नेपाली काङ्ग्रेसका महासमिति सदस्यका रूपमा सक्रिय छन्। यसअघि उनी तत्कालिन मोरङ क्षेत्र नं. ८ को काङ्ग्रेस सभापति भइसकेका छन् भने नेपाल विधार्थी संघ साथै तरुण दलको नेतृत्व सम्हाल्दै पार्टीभित्रको युवा परिचालनमा उल्लेखनीय भूमिका खेलेका थिए।

राजनीतिक यात्राको क्रममा कार्की नेपाली काङ्ग्रेसबाट उम्मेदवार भई केराबारी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। त्यसबेला उनले स्थानीय विकास, समावेशी नेतृत्व र पारदर्शी प्रशासनमार्फत लोकप्रियता कमाएका थिए।
“अब नेतृत्व अनुभव, इमानदारी र संगठनप्रतिको समर्पणले तय गर्छ,” कार्कीले भने, “म पार्टीलाई सशक्त, समावेशी र विजयी बनाउने संकल्पसहित अघि बढेको छु।”
कार्की नेपाली काङ्ग्रेसका वरिष्ठ नेता साथै १५ औं महाधिवेशनका सभापतिका उम्मेद्वार शेखर कोइराला निकट मानिन्छन ।









