कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचाको जोगीयारेमा ट्रान्सफर्मर चोरी

सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिका वडा नं २ स्थित जोगीयारेमा ट्रान्सफर्मर चोरी भएको छ। लाइन गएको मौका छोपी अज्ञात समूहले ट्रान्सफर्मर चोरी गरेको हो।

वडाध्यक्ष विवश प्रधानका अनुसार घटना रातिको समयमा भएको हो। “लाइन गएकै बेला ट्रान्सफर्मर निकालिएको छ,” उनले भने, “विद्युत सेवा अवरुद्ध भएपछि खोजतलास गर्दा चोरी भएको थाहा भयो।”

घटनाबारे प्रहरीलाई जानकारी दिइएको र अनुसन्धान भइरहेको वडाध्यक्षले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *