मुख्य समाचार राजनीति

राजा फर्काउने भन्दा पशुपतिका बाँदर मन्त्री बनाउँदा राम्रो: ओली

दमक । नेकपा (एमाले) झापा जिल्ला कमिटीले आयोजना गरेको जागरण सभामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजावादीको गतिविधिलाई लक्षित गर्दै कडा टिप्पणी गरेका छन्। दमकमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले राजा फर्काउने अभियानको आलोचना गर्दै व्यङ्ग्यात्मक शैलीमा बोले।

“राजा फर्काउने अरे, राजा फर्काएपछि ती प्रधानमन्त्री, मन्त्री बन्ने अरे! तिनीहरूलाई भन्दा त पशुपतिका बाँदरलाई मन्त्री बनायो भने अलिकति राम्रो हुन्छ,” ओलीले भने।

राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै देशका विभिन्न भागमा भइरहेका प्रदर्शनलाई लक्षित गर्दै उनले यस्तो कटाक्ष गरेका हुन्।

जागरण सभामा ओलीले लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्न एमाले अग्रसर रहेको भन्दै पार्टी कार्यकर्तालाई सङ्गठित र सचेत रहन आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *