
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ९ स्थित पुलचोकमा सवारी दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।


घाइते हुनेमा पैदलयात्री सुन्दरहरैंचा ९ बस्ने वर्ष ५७ को सन्दिप सुवेदी र उनकी श्रीमती वर्ष ४८ कि उमा सुवेदी रहेकी छिन । दुईजना व्यक्तिलाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिइएको थियो ।

घाइते दुवै जनाको विराटनगर स्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी साधनलाई प्रहरीले खोजी गरिरहेको जनाएको छ ।









