
सुन्दरहरैंचा । नेकपा एमाले सुन्दरहरैंचाको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ। कुल २८८ मतदातामध्ये २८६ मत खसेको अधिवेशनमा नयाँ नेतृत्व चयन गरिएको हो।


अध्यक्ष पदमा डिल्लीप्रसाद ढकालले १५७ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी हेमराज सुवेदीले ११५ मत प्राप्त गरेका थिए।

उपाध्यक्ष पदमा दुर्गा भट्टराई १६४ मतसहित विजयी बनिन्। उनका प्रतिस्पर्धी अम्बिका दाहाल (निरौला) ले १०० मत प्राप्त गरिन्।
सचिव पदमा दावा लामाले १४९ मत ल्याउँदै विजय हासिल गरे भने प्रतिस्पर्धी विशाल गुरगाईंले १२१ मत पाए।
उपसचिव पदमा दुई जना निर्वाचित भएका छन् । खगेन्द्र लिम्बु १६५ मतसहित पहिलो स्थानमा रहे भने राजेन्द्र धमला १२६ मतसहित दोस्रो स्थानमा रहे। अन्य प्रतिस्पर्धी युवराज पौडेलले ११४ मत र सोभितमान पौडेलले १०५ मत प्राप्त गरे।









