
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा ४ स्थित पूर्वको त्रिवेणी रिसोर्टलाई पूर्ण रूपले पुनः संरचना गरी ‘गोदावरी रिसोर्ट’ नाममा नयाँ ढंगले सञ्चालनमा ल्याइने भएको छ। नयाँ वर्ष २०८२ को सुरुवातसँगै रिसोर्टले औपचारिक रूपमा सेवा सुरू गर्ने तयारी भइरहेको छ।


रिसोर्ट सञ्चालक रमेश खड्काका अनुसार, पुरानो संरचना र सेवाहरूलाई आधुनिक ढाँचामा परिमार्जन गर्दै रिसोर्टलाई पूर्णरूपमा पुनःनिर्माण गरिएको हो। अबको गोदावरी रिसोर्टमा उच्चस्तरीय अतिथि सेवा, बहुउद्देश्यीय हल, आधुनिक रेष्टुराँ, र विश्रामका लागि हरियालीयुक्त क्षेत्रहरू उपलब्ध हुनेछन्।

रिसोर्टका अर्का सञ्चालक रोहित शाहले स्थानीय उत्पादन र जनशक्तिलाई प्राथमिकता दिँदै रिसोर्टलाई समुदायमैत्री र पर्यावरणमैत्री बनाउने लक्ष्य लिएको उल्लेख गरे।

गोदावरी रिसोर्टले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै पूर्वी नेपालकै एक प्रमुख गन्तव्य बन्ने विश्वास सञ्चालकको छ। रिसोर्टमा टिकटक जोन, बालउत्थान लगायत विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरुको निर्माण गरिएको संञ्चालक शाहले बताए ।










