
सुन्दरहरैंचा । नेकपा एमालेको सुन्दरहरैंचा नगर अध्यक्ष को बन्ने विषयमा अहिले एमाले भित्र गहन छलफल भइरहेको छ । नेकपा एमाले सुन्दरहरैंचाको दोस्रो नगर अधिवेशन नजिकिँदै गर्दा नेतृत्व चयनको दौड तीव्र बनेको छ ।


चैत्र २८ गते एमाले सुन्दरहरैंचाको दोस्रो नगर अधिवेशन हुँदैछ । दोस्रो नगर अधिवेशनबाट नगर अध्यक्ष बन्ने दौडमा डिल्लीप्रसाद ढकालको चर्चा छ । पार्टी शुद्धीकरण, युवाको प्रभावकारी भूमिका स्थापित गर्ने र सुन्दरहरैंचाको आवश्यकतालाई सम्बोधन गर्ने लक्ष्यसहित उनले अध्यक्ष पदमा उम्मेदवारी दिने इच्छा व्यक्त गरेका छन्।

ढकाल अहिले एमालेका नेता तथा कार्यकर्ताहरूसँग निरन्तर छलफल र भेटघाटमा सक्रिय छन् । ढकाल हाल नेकपा एमाले सुन्दरहरैंचाको उपसचिव हुन । ढकाल युवा पंक्तिका लोकप्रिय व्यक्ती हुन ।









