मुख्य समाचार राजनीति

ओलीकै प्रदेशमा दुई समुह बिच प्रतिस्पर्धा

सुन्दरहरैंचा । नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनबाट अध्यक्ष बन्नका लागि दुई जना निर्वाचनमा होमिएका छन । अध्यक्षमा विराटनगरका विनोद ढकाल र लेटाङका घनश्याम खतिवडा मध्ये एकजनालाई अध्यक्ष बनाउन आईतवार मतदाताले मतदान गरेका छन ।

तर एमाले कोशी प्रदेश कमिटिको प्रथम अधिवेशनबाट अध्यक्ष बन्न एमालेमा दुई समुह बन्नुलाई एमाले भित्र पुन: गुट उपगुटको राजनीति शुरु भएको भन्न सकिन्छ । एमालेमा ओली समुह र माधव दुई समुह थियो । तर माधव नेपालले पार्टी फुटाएर एमालेबाट निस्किएपछी एमालेमा गुट उपगुट अथवा कुनै समुह नरहेको भन्ने हल्ला बाहिर आएको थियो । कतिपए नेताहरुले सार्वजनिक मञ्चमा नै एमाले भित्र कुनै समुहको राजनीति नभएको भन्ने गरेका थिए ।

तर कोशी प्रदेश अर्थात केपी ओलीकै प्रदेशमा दुई समुह बन्दा एमाले भित्र फेरी समुहको राजनीति शुरु भएको प्रष्ट हुन्छ । कुनै बेला ओलीको विश्वासिलो पात्र बनेका विनोद ढकाललाई ओलीले यस पटक कोशी प्रदेशको निर्वाचनमा साथ नदिएको समाचारहरु बाहिर आइरहेका छन । भने कुनै बेला माधव नेपाल एमालेमा हुँदा नेपाल समुहमा रहेर राजनीति गर्दै आएका खतिवडालाई भने ओलीले यस पटक निर्वाचनमा साथ दिएको समाचार बाहिर आएका छन ।

एमाले स्रोतका अनुसार मोरङ, सुनसरी, झापा, ताप्लेजुङ, तेह्रथुम, र भोजपुर, ईलाम जस्ता जिल्लाहरुबाट खतिवडाले निर्वाचनमा बलियो साथ पाउेन बताइएको छ । स्रोतका अनुसार एमाले भित्र अहिले विधादेवी भण्डारी र केपी ओली समुह भित्र रुपबाट बन्दै आएको छ । स्रोतका अनुसार ढकाललाई भण्डारीले साथ दिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *