
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १२ स्थित खोर्सानेमा आज सोमबार देखी खोर्साने मिनी महोत्सव शुरु भएको छ । सुन्दरहरैँचा नगरपालिकामा रहेको सुन्दर खोर्साने युवा क्लबले “खोर्साने तेस्रो मिनी मेला” को आयोजना गरेको हो ।



स्थानीय पर्यटकीय क्षेत्र, कला संस्कृति, खेलकुद र मनोरञ्जनलाई प्रवर्द्धनगर्ने उद्धेश्यले सञ्चालन गरिने संस्थाका अध्यक्ष काजीहाङ् लिम्बूले बताए । मेलामा राष्ट्रीय तथा र स्थानीय कलाकारको बेजोड प्रस्तुति समेत रहने बताइएको छ ।

मेला १९ दिनसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । आज देखी शुरु बहेको मिनी महोत्सवमा भोली राष्ट्रिय कलाकार आस्था राहुतको प्रस्तुती रहने आयोजकले जनाएको छ ।










