
विराटनगर । कोशी प्रदेशमा नेपाली काङ्ग्रेसको नेतृत्वमा सरकार बन्ने काङ्ग्रेसले निर्णय गरेको छ । नेपाली कांग्रेस कोशी प्रदेश समितीको आज विराटनगरमा बसेको बैठकले नया बन्ने मुख्यमन्त्रीमा प्रदेश सभापति उद्धव थापालाई अगाडि बढाउने निर्णय गरेको हो ।


कोसी प्रदेश कार्यसमितिको आइतबार बसेको बैठकले थापालाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेको नेपाली कांगेस कोशी प्रदेश सह–महामन्त्रि खड्ग बहादुर फागोले जानकारी दिए । यस अघि नेकपा (एमाले)को नेतृत्वमा रहेको सरकार ढलेपछि सत्ता साझेदर दलहरुबीच कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा छलफल चलिरहेका बेला कांग्रेसले मुख्यमन्त्रीमा थापालाई अगाडि बढाएको हो ।

नेकपा एमाले नेतृत्वमा रहेको यस अघिको ‘मुख्यमन्त्री हिक्मतकुमार कार्की मुख्यमन्त्रि रहेको सरकार ढलेपछि गठबन्धनमा रहेको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस हो ।









